सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
२० पटक हेरिएको
Shares
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर

सारांश

  • काठमाडौं, २ फागुन ।
  • सानेपा हत्याकाण्डका मृतक मुना कार्की र विजय चौधरीको पोष्टमार्टम रिपोर्ट आएको छ ।
  • शुक्रबार तयार भएको पोष्टमार्टम रिपोर्ट अनुसार मुना कार्की र विजय चौधरी दुवैको घाँटी कसिएर मृत्यु भएको हो ।

काठमाडौं, २ फागुन । सानेपा हत्याकाण्डका मृतक मुना कार्की र विजय चौधरीको पोष्टमार्टम रिपोर्ट आएको छ । शुक्रबार तयार भएको पोष्टमार्टम रिपोर्ट अनुसार मुना कार्की र विजय चौधरी दुवैको घाँटी कसिएर मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका डिएसपी सन्तोष तामाङका अनुसार मृतक मुना कार्कीको घाँटी अत्याधिक कसिएर मृत्यु भएको हो । सीसीटीभीमा पनि घरेलु कामदार विजय चौधरीले मुनाको घाँटी कसेको देखिएको छ ।

तामाङका अनुसार विजय चौधरीले आत्महत्या गरेको पुष्टि भएको छ । पोष्टमार्टमले पनि उनी झुण्डिदा घाँटी कस्सिएर मृत्यु भएको देखाएको उनको भनाई छ ।
घटनामा कुनै यौन दुव्र्यवहारको संकेत नपाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टममा दुव्र्यवहारका कुनै प्रमाणहरु फेला परेन ।

सोमबार घरेलु कामदार विजय चौधरीले पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या गरेका थिए । हत्यापछि अनेकन शंका आशंकाहरु उब्जिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?