राप्ती ६ मा एमालेको वडा अध्यक्ष सहित प्यानल नै बिजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२७ पटक हेरिएको
Shares
राप्ती ६ मा एमालेको वडा अध्यक्ष सहित प्यानल नै बिजयी

सारांश

  • चितवनको राप्ती नगरपालिकामा एमालेले खाता खोलेको छ ।
  • राप्ती वडा नम्बर ६ मा एमालेका उम्मेदवारहरु सबै बिजयी भए ।
  • वडा अध्यक्षमा जल्लु महतो थारु भारी मतान्तरले बिजयी भए ।

चितवनको राप्ती नगरपालिकामा एमालेले खाता खोलेको छ । राप्ती वडा नम्बर ६ मा एमालेका उम्मेदवारहरु सबै बिजयी भए । वडा अध्यक्षमा जल्लु महतो थारु भारी मतान्तरले बिजयी भए । उक्त वडामा खसेको कुल ३४८४ मत मध्य महतोले १८१६ मत प्राप्त गरे । उनी दोस्रो कार्यकालका लागि पुन निर्वाचित भएका हुन । उनका प्रतिद्वन्दी बिक्रम चौधरीले १११३ मत पाए । वडा अध्यक्षमा २६५ मत बदर भयो ।

वडा सदस्यहरुमा एमालेबाट वडा सदस्य ममिता कुवरले १७५८ मत, दलित महिला सदस्य गुनु विकले १७५२ मत, वडा सदस्य राजकुमार तामाङ्गले १६५३ मत र अर्का सदस्य सहदेव सेढाइले १४७७ मत पाएर निर्वाचित     भए ।

राप्तीमा एकीकृत समाजबादी,नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन छ । वडा नम्बर ६ को मतगणना सकिदा नगर प्रमुखमा एमालेका गोबिन्द कँडेलले १५३२ मत पाउँदा नगर प्रमुखका प्रत्यासी समाजवादीका शमसेर लामाले १२७८ मत पाएका छन । यस्तै मेयरमा १५० मत राप्रपाले पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?