आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन

सारांश

  • काठमाडौं ।
  • हालैमात्र मुम्बईको स्वस्तिक फ्रेन्चाइजी म्यानेजमेन्टसँग भारतका विभिन्न शहरमा १ शय वटा सैलुन सञ्चालन गर्ने सम्झौता गरेका हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले मुम्बई म्यानेजमेन्टको तर्पmबाट पहिलो फ्रेन्चाइजीस्वरुप आसामको राजधानी गुहाटीस्थित जीएस रोडमा निल डेभिड युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन् ।
  • सैलुनको उद्घाटन निलका साथमा आसामी अभिनेत्री निसिता गोस्वामीले गरेकी थिइन् ।

काठमाडौं । हालैमात्र मुम्बईको स्वस्तिक फ्रेन्चाइजी म्यानेजमेन्टसँग भारतका विभिन्न शहरमा १ शय वटा सैलुन सञ्चालन गर्ने सम्झौता गरेका हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले मुम्बई म्यानेजमेन्टको तर्पmबाट पहिलो फ्रेन्चाइजीस्वरुप आसामको राजधानी गुहाटीस्थित जीएस रोडमा निल डेभिड युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन् ।

सैलुनको उद्घाटन निलका साथमा आसामी अभिनेत्री निसिता गोस्वामीले गरेकी थिइन् । निसिता आसामबाट पहिलो राष्ट्रिय पुरस्कार पाउने अभिनेत्री मोलोया गोस्वामीकी अभिनेत्री छोरी हुन् । ११ सय स्क्वायरमा पैmलिएको निल डेभिड्स इन्टरनेशनल युनिसेक्स सैलुन महाराष्ट्रका व्यापारी अभिनन्दन रोयले झण्डै ४० लाख भारतीय रुपैयाँमा सञ्चालनमा ल्याएका हुन् ।

झापाको लक्ष्मीपुरका निलले काठमाडौं र जिल्लाबाहिरका शहरसँगै भारतका विभिन्न शहरमा अत्याधुनिक सुविधायुक्त सैुन विस्तार गर्दै आएका छन् । ४९ सैलुन र एकेडेमीबाट ४ सयभन्दा बढीलाई रोजगार दिएका निलको फ्रेन्चाईजी सन् २०१८ मुम्बई मेनेजमेन्टको अर्को प्रोजेक्टस्वरुप अलाहबादकी व्यापारी अर्चना अग्रवालले झण्डै १ करोडको लगानीमा अलाहबादमै निल डेभिडस इन्टरनेशनल सैलुन एण्ड एकेडेमी सञ्चालनमा ल्याउने भएकी छिन् ।

यसका साथै अब बनारस, लखनउ, नोडिया र दिल्लीमा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको निलले जानकारी गराएका छन् ।

नेपालका लागि पनि फ्रेन्चाइजी ब्राण्ड विस्तार गर्दै आएका निलले काठमाडौंमा ५ फ्रेन्चाइजीका साथमा विर्तामोड, धरान, काँकडभित्ता, पथरी, नेपालगञ्ज र भैरहवामा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए ।

यसका लागि निल थप नयाँ टेकनिकको हेयर स्टाइल अध्ययनका लागि एक साता लण्डन जाने भएका छन् । उनी केहीअघि मात्र अहमदाबाद गुजरातकोका हेयर एण्ड ब्यूटी प्रोडक्टस ब्रिलारे साइन्सको नेपालका लागि ब्राण्ड एम्बेसडर भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?