लहानमा बम विष्फोटमा परी ६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
लहानमा बम विष्फोटमा परी ६ जना घाइते

सारांश

  • काठमाडौं, ९ चैत ।
  • लहान नगरपालिका– ७ स्थित विकास टे«डर्स सुनचाँदी पसलमा बम विष्फोट भएको छ ।
  • अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौं, ९ चैत । लहान नगरपालिका– ७ स्थित विकास टे«डर्स सुनचाँदी पसलमा बम विष्फोट भएको छ । अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

शुक्रबार लहानमा हाटबजार लाग्छ । हाटबजारको दिन सुनचाँदी पसलमा भीड थियो । त्यही भीडमा एक अपरिचित व्यक्ति आएर शंकास्पद झोला राखेका थिए ।

अपरिचित व्यक्तिले झोला राखेको केहीबेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताएका छन् । यो ठाउँमा प्रायः सुनचाँचदीका पसलहरु रहेका छन् । घटनास्थलबाट करिब ५ सय मिटर उत्तरमा सशस्त्र प्रहरी, प्रहरी र त्यत्तिकै दूरीको दक्षिणमा इलाका प्रहरी कार्यालय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?