अक्षय कुमार र जोन अब्राहम बिच कडा टक्कर
सारांश
- काठमाडौँ, ३१ साउन ।
- भारतीय स्वत्रन्त्रा दिवसको अवसरमा रिलिज भएका दुई बलिउड फिल्म ‘गोल्ड’ र ‘सत्यमेव जयते’ले बक्स अफिसमा उल्लेख्य सुरुवात गरेका छन् ।
- यी दुईको पहिलो दिनको कमाई ४५.
काठमाडौँ, ३१ साउन । भारतीय स्वत्रन्त्रा दिवसको अवसरमा रिलिज भएका दुई बलिउड फिल्म ‘गोल्ड’ र ‘सत्यमेव जयते’ले बक्स अफिसमा उल्लेख्य सुरुवात गरेका छन् । यी दुईको पहिलो दिनको कमाई ४५.७७ करोड छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले यी दुईको कमाईलाई भयानक भनेका छन् । अक्षय कुमार स्टारर ‘गोल्ड’ र जोन अब्राहम स्टारर ‘सत्यमेव जयते’ले आफ्नो करियरको पहिलो दिने कमाईमा रेकर्डसमेत बनाएका छन् । ‘गोल्ड’को पहिलो दिनको कमाई भारतमा मात्र २५.२५ करोड छ । त्यस्तै ‘सत्यमेव जयते’ले २०.५२ करोड कमाई गर्न सफल भयो । यी दुवै कलेक्सन दुई सुपरस्टारका लागि सर्वाधिक हो ।
अक्षयको करियरमा पहिलो दिन सर्वाधिक कलेक्सनको रेकर्ड ‘सिङ इज ब्लिङ्ग’को नाममा थियो । उसले पहिलो दिन २०.६७ करोडको कमाई गरेको थियो । त्यस्तै जोनले ‘रेस २’कलेक्सनलाई उछिनेका छन् । ‘रेस २’ले १५.१० करोडको ओपनिङ गरेको थियो ।बुधबारै रिलिज भएका यी दुई फिल्मले घरेलु बक्स अफिसमा ५ दिने विकेन्ड फाइदा उठाउने छन् ।
समिक्षक र दर्शकबाट पनि राम्रो समिक्षा बटुलिरहेका यी फिल्मले २ सय ५० करोडको आँकडा पार गर्ने अनुमान छ ।यहिँ वर्ष रिलिज भएका अक्षयको ‘प्याडम्यान’ र जोनको ‘परमाणु’ बक्स अफिसमा हिट थिए ।
प्रतिक्रिया