लालबाबु पण्डितले पूरानै मन्त्रालय पाए, को को भए मन्त्री नाम सहित
सारांश
- पण्डितलाई पुरानै मन्त्रालय जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहेका लालबाबु पण्डितको जिम्मेवारी हेरफेर भएको छ ।
- तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका पण्डितलाई अहिले पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै जिम्मेवारी दिइएको छ ।
- एमालेबाट थपिएका मन्त्री तथा राज्यमन्त्री प्रदीप ज्ञवाली – परराष्ट्र गोकर्ण विष्ट – श्रम तथा रोजगार शेरबहादुर तामाङ – कानुन तथा न्याय रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर) राज्यमन्त्री गोकुल बाँस्कोटा – सञ्चार तथा सूचना प्रविधि पद्मा अर्याल – स्वास्थ तथा जनसंख्या धनबहादुर बुढा – पयर्टन माओवादीबाट थपिएका मन्त्री गिरिराजमणि पोखरेल – शिक्षा वर्षमान पुन – ऊर्जा, जलस्रोत तथा सिँचाइ चक्रपाणि खनाल बलदेव – कृषि, भूमि व्यवस्था तथा सहकारी शक्ति बस्नेत – वन तथा वातावरण विना मगर – खानेपानी राज्यमन्त्री रामकुमारी चौधरी – कृषि, भूमि व्यवस्था तथा सहकारी माओवादीबाट राज्यमन्त्रीसहित ६ गए, २ नयाँ अनुहार ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् ।
पण्डितलाई पुरानै मन्त्रालय
जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहेका लालबाबु पण्डितको जिम्मेवारी हेरफेर भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका पण्डितलाई अहिले पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै जिम्मेवारी दिइएको छ ।
एमालेबाट थपिएका मन्त्री तथा राज्यमन्त्री
प्रदीप ज्ञवाली – परराष्ट्र
गोकर्ण विष्ट – श्रम तथा रोजगार
शेरबहादुर तामाङ – कानुन तथा न्याय
रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात
रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद
लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर)
राज्यमन्त्री
गोकुल बाँस्कोटा – सञ्चार तथा सूचना प्रविधि
पद्मा अर्याल – स्वास्थ तथा जनसंख्या
धनबहादुर बुढा – पयर्टन
माओवादीबाट थपिएका मन्त्री
गिरिराजमणि पोखरेल – शिक्षा
वर्षमान पुन – ऊर्जा, जलस्रोत तथा सिँचाइ
चक्रपाणि खनाल बलदेव – कृषि, भूमि व्यवस्था तथा सहकारी
शक्ति बस्नेत – वन तथा वातावरण
विना मगर – खानेपानी
राज्यमन्त्री
रामकुमारी चौधरी – कृषि, भूमि व्यवस्था तथा सहकारी
माओवादीबाट राज्यमन्त्रीसहित ६ गए, २ नयाँ अनुहार
ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् । शक्तिबहादुर बस्नेत वन तथा वातावरण, वर्षमान पुन जलस्रोत तथा ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, चक्रपाणि खनाल कृषि, भूमि व्यवस्थापन तथा सहकारी र विना मगर खानेपानीमन्त्री बनेका छन् । रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छिन् ।
खनाल र मगरलाई पहिलो अवसर
मन्त्री चक्रपाणि खनाल र विना मगर पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरूको संसद्मा पनि पहिलो उपस्थिति हो । दोस्रो संविधानसभामा दुवैजना पराजित भएका थिए । खनाल माओवादी युद्धमा सैन्य क्षेत्रमा लामो समय काम गरेका, तर शान्तिप्रक्रियामा आएपछि अवसर नपाउने नेतामा पर्छन् । मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।
आजको नयाँ पत्रिकामा खबर छ ।
Ram Rai
राम्राे।कर्तब्य र लगनशिल कर्मचारीकाे लागि लालबाबु असल हुन,तर कामचाेर र घुसखाेर कर्मचारीकाे लागि उनी यमदुत हुन अब गाह्राे हुने भयाे भन्ने सुनिन्छ त बजारमा कर्मचारीहरुकाे।