प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने

सारांश

  • बिराटनगर ६,फागुन।
  •  प्रदेश नं.
  • १ ले ६९औँ प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ ।

बिराटनगर ६,फागुन। प्रदेश नं. १ ले ६९औँ प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ ।सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउनका लागि मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरिएको छ ।

राणा शासनविरुद्धको संघर्ष सफल भएको सम्झनामा फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने तथा विद्यालयहरुमा वक्तृत्वकला, हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?