उत्तर कोरिया र चीनबीच हवाई सेवाको उडान थप !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
उत्तर कोरिया र चीनबीच हवाई सेवाको उडान थप !

सारांश

  • सेनयाङ, चीन, २३ साउन ।
  • उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ ।
  • स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।

सेनयाङ, चीन, २३ साउन । उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ । उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ । स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ ।

संयुक्तराज्य अमेरिकाले आणविक निरस्त्रीकरणको कार्य पूरा नगर्दासम्म उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको देखिन्छ, स्रोतले बतायो । “उत्तर कोरियाली–चिनीया वार्ताको सफलतासँगै बढीभन्दा धेरैले उत्तर कोरियाको आर्थिक स्थितिमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । यही कारण, चीनसँगको उत्तर कोरियाली सीमावर्ती सहर सिनुजीको दाँदोङमा घरजग्गाको मूल्य आकासिएको छ,” उनीहरुले भने ।

यहीबीच, प्योङयाङ–बेइजिङ रेलसेवामा यात्रुहरुको संख्यामा व्यापक वृद्धि भएको छ, र सबैजसो सिट बिक्री भइरहेको छ । धेरै चिनीया पर्यटकहरुले अप्रिलमा सम्पन्न अन्तर–कोरियाली शिखर सम्मेलन भएको स्थान पानमुनजोमको भ्रमण गर्न रुचि देखाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरी : ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि
महोत्तरी : ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
Are Mail Buy Brides Legal?
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
पूर्व राष्ट्रपतिको  यस्ताे चेतावनि
पूर्व राष्ट्रपतिको यस्ताे चेतावनि
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो