वामदेवका लागि ओली फकाउँदै दाहाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
३९ पटक हेरिएको
Shares
वामदेवका लागि ओली फकाउँदै दाहाल

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनबारे पूनः छलफल भएको छ ।
  • हिजो अपरान्ह बसेको बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे यसअघि नै भएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेबारे छलफल भएको थियो ।

काठमाडौं, ६ चैत्र । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनबारे पूनः छलफल भएको छ । हिजो अपरान्ह बसेको बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे यसअघि नै भएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेबारे छलफल भएको थियो ।

स्रोतकाअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौतमलाई राष्ट्रिय सभचामा लैजानेबारेको निर्णय कार्यान्वयनतर्फ ध्यानाकार्षण गराएका थिए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई फकाएको बुझिएको छ ।

सचिवालयको बैठकमा आउनुपुर्व बाहिर सहमति गरेर वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय गरिएको भन्दै ओली सचिवालयका ७ सदस्यसँग रुष्ट थिए । त्यतिवेला ओलीको पक्षमा ईश्वर पोखरेलमात्रै उभिएका थिए । ओलीले कुनैपनि हालतमा वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको थियो ।

स्रोतका अनुसार हिजोको बैठकमा अध्यक्ष दाहालले गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय तत्काल कार्यान्वयन गर्न जोड दिए । उक्त निर्णयमा तलमाथि नगर्नसमेत उनले ओलीको ध्यानाकार्षण गराएका थिए । यदि निर्णय नमान्ने अटेरी गरेर त्यो ओलीको लागिनै प्रत्युपादक हुनेसमेत दाहालले खतरा औंल्याईदिएका थिए । दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यदि उहाँले यो निर्णय तलमाथि गर्नुभयो भने यसले तपालाई घाटा हुन्छ ।’

उता, पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय कार्यान्वयन हुने र उक्त निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका छन् । आज विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने,‘वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाने निर्णय सर्वसम्मत हो, यसमा अध्यक्ष ओली पनि सहमत हुनुहुन्छ । हामीले कुरा गरिरहेका छौं । निर्णय कार्यान्वयन हुन्छ ।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना
उपचारको नाममा युवतीको शोषण गर्ने लामा पक्राउ, ७ वर्ष कैद र ३० लाख जरिवाना
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
दीपकराज जोशी फेरि विदामा, कारण यस्ताे छ  !
दीपकराज जोशी फेरि विदामा, कारण यस्ताे छ !
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : आयोग
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : आयोग
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि….
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि….
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

तपाईंले छुटाउनुभयो कि?