प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
सारांश
- काठमाडौ ।
- पछिल्लो समय डिस होमको माग ह्वात्तै बढेको छ ।
- एनालग प्रणालीबाट डिजिटल प्रविधिमा गए पछि डिस होम नै डिजिटलको पर्याय बन्न पुगेको छ ।
काठमाडौ । पछिल्लो समय डिस होमको माग ह्वात्तै बढेको छ । एनालग प्रणालीबाट डिजिटल प्रविधिमा गए पछि डिस होम नै डिजिटलको पर्याय बन्न पुगेको छ । अहिले शहर देखि गांउ गांउको दुरदराज सम्म डिसहोम देख्न सकिन्छ । एक नम्वर प्रदेशको पूर्वी नेपालमा हालसम्म एनालग प्रणालीमा सञ्चालन हुँदै आएका सबै टेलिभिजनहरु बन्द गरिएका छन् । एनालग टेलिभिजनहरु बन्द भएपछि डिसहोमको माग ह्वात्तै बढेको छ ।
एक नम्वर प्रदेशमा पर्ने मोरङ, झापा, सुनसरी, तेह्रथुम, उदयपुर, धनकुटा, इलाम, खोटाङ, ओखलढुँगा, पाँचथर, सोलुखम्बु, ताप्लेजुङ, भोजपुर लगायतका क्षेत्रमा एनालग टिभी बन्द भएपछि डिसहोमको माग बढेको छ ।
दुई वर्षपछि सबै नेपालीले डिसहोम मार्फत टेलिभिजन हेर्न पाउनेछन् । डिसहोम व्यवस्थापनले अबको २ वर्षमा सबै नेपालीको घर घरमा डिसहोम पुर्याउने लक्ष्य राखेको छ । जिओग्राफी मार्फत प्रत्येक नेपालीको घरमा पुग्न सक्ने क्षमता भएको कारण लक्ष्यअनुसार काम हुने डिसहोम सञ्चालकको भनाई छ । यो क्षमता डिसहोममा मात्रै भएको कारण लक्ष्यअनुसार काम हुनेमा सञ्चालक विश्वस्त छन् । बजारमा आएका अरू च्यानल सञ्चालक कम्पनीभन्दा डिसहोमले आफ्नो मजबुत संयन्त्र भएको बताउँदै आएको छ ।

नेपालमा डिसहोम च्यानल सञ्चालनमा आएको ८ वर्ष भयो । शुरुवाती वर्षमा डिसहोम ६० वटा च्यानलबाट शुरु गरिएको थियो । अहिले १ सय ५० भन्दा धेरै च्यानल डिसहोममा जोडिएका छन् ।
नेपालमा १२ लाख परिवारले डिसहोमको डिजिटल सिग्नल मार्फत नेपाली च्यानल हेर्दै आइरहेका छन् । डिसहोम शुरुवातको समयमा नै नेपालमा डिजिटल प्रविधिको च्यानल हुनुपर्छ भन्ने सोचाईका व्यक्तिहरू नै निकै कम थिए । तर परिवर्तनशील समयसँगै अहिले नेपालीको माग पनि बढेको छ ।

विश्व बजारका धेरै कुराहरूमा नेपालीको सोच मिल्ने भएको हुँदा बिस्तारै डिसहोम प्रयोगकर्ताको माग बढ्दै गएको छ । शुरुवातको समयमा नेपालको मुख्य–मुख्य सहरहरूमा डिसहोमको डिलर राखिएका थिए । यस कारण पनि डिसहोम प्रयोग गर्नेमा सहरका व्यक्तिहरू नै बढी थिए । अहिले नेपालभर डिसहोमको ८० जना डिलर, ३५ सयदेखि ४ हजारको हाराहारीमा सब डिलर र प्वाइन्ट गरेर नेपाल भर १२ देखि १३ हजारको सङ्ख्याबाट डिसहोमको सेवा प्रदान गर्दै आइरहेको छ ।
डिसहोमको सिमटिभीको पर्खाइमा उपभोक्ता
अहिले सिम टिभिको माग काठमाडौमा बाहिर पनि हुन थालेको छ । शहर केन्द्रित रहेको सिम टिभिको विस्तारको लागि अहिले विभिन्न प्रदेशमा माग बढ्दो छ । त्यसो त अहिले सिम टिभीले नयाँ टि.भी.मा ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु थपिने भएको छ । उक्त च्यानलहरू आफ्ना ग्राहकहरूलाई निशुल्क प्रदान गरिने भएको हो ।
सिम टि.भी.मा ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु थपिने भएकाे छ । उक्त च्यानलहरू अाफ्ना ग्राहकहरूलार्इ निशुल्क प्रदान गरिने भएकाे हाे । सिम टिभिले अाफ्ना ग्राहकहरूलाइ मनाेरन्जनात्मक सामाग्रीहरू थप गरेकाे बताएकाे छ । थपहुने च्यानलहरूमा रमाइलो एच.डि. (Ramailo HD), एक्सन स्पोर्टस् एच.डि. (Action Sports HD), , प्लस मुभि (Plus Movie), , जुनियर टि. (https://kidsrkids.com/) भि. (Junior TV), बलिउड बिट्स (Bollywood Beats), सिने हिट्स (Cine Hits) र गुञ्जन (Gunjan) जस्ता मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।

प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरिने पनि विज्ञप्तिमा भनिएकाे छ । रमाइलो एच.डि. (Ramailo HD) मा नयाँ नेपाली हाँस्य श्रृंखला माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला – आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिने छ भने नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एच.डि. (Action Sports HD) मा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारण का साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् ।
नयाँ प्रविधिको प्रयोगसँगै आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेशनमा र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिस मिडिया नेटवर्कले जनाएको छ । डिस मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लिको संचालक समितिको संयुक्त वैठकले सिम टिभि डिस मिडिया नेटवर्क लिमिटेडले खरिद गर्ने सम्झौता सम्पन्न भएको थियो । खरिद सम्झौता अनुसारको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । यसका साथै सिम टिभिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिस मिडिया नेटवर्क लिमिटेडले लिएको छ ।
प्रतिक्रिया