दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : आयोग
सारांश
- काठमाडौं।
- निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ।
- शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
काठमाडौं। निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया