वारि र पारिकाे मिलेमताेमा सीमामा अपराध बढ्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
वारि र पारिकाे मिलेमताेमा सीमामा अपराध बढ्दै

सारांश

  • दमक ।
  •  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।
  • सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ ।

दमक । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।

सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ ।

खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृङ्खलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमता देखिन थालेको छ ।

भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै आपराधिक घटना पनि मिलोमतो मै हुने गरेको घटनाक्रमले देखाएका छन् । एक साताअघि झापाको गौरीगञ्जसँग सीमासंग जोडिएको भारतको सुपौल जिल्ला विहार राज्यअन्तर्गतका सात वर्षीय बालक अपहरणमा परे । उनको अपहरणको उद्देश्य फिरौती माग्नेसंग सम्बन्धित थियो ।

व्यक्ति अपहरण गरी राख्ने र फिरौती माग्ने धन्दामा भारतीयसँग सीमावर्ती गौरीगञ्ज गाउँपालिकाका तीन नेपालीसमेत परे । राजनीतिक तथा सामाजिक रूपमा समेत स्थापित भनिएका त्यहाँका बद्री यादवसहित अन्य दुईले बालक अपहरण गरी रु १५ लाख फिरौती मागेका थिए।

मङ्गलबार पक्राउ परेका ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज–४ का ३१ वर्षीय श्रीप्रसाद मल्हा र गौरीगञ्ज–४ की २७ वर्षीया अञ्जु मुखियाले भारत विहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुजलाई यही मङ्सिर २० गते घरैबाट अपहरण गरी त्यहाँबाट गौरीगञ्ज हुँदै दमकको एक होटलमा बन्धक बनाएर राखेको अवस्थामा फेला पारिएको थियो ।
भारतीय बालकलाई ल्याएर फिरौती माग्ने धन्दामा नेपालीकै सहयोग र आश्रय पाएपछि भारतीय अपराधीले सहजै नेपाली भूमिलाई अपराधको थलो बनाए । भारतीय अपराधीमाथि के–कस्तो कारवाही चलिरहेको छ भन्ने यकिन नभए पनि बालक अपहरण र फिरौती माग गर्ने यादवसहित तीन जनाविरुद्ध नेपाल प्रहरीले भने शरीर बन्धक तथा अपहरण मुद्दामा म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाएको छ ।

गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको सक्रियतामा दमकबाट बालकको उद्धारपछि इलाका प्रहरी कार्यालय दमकले ती बालकलाई भारतीय प्रहरीको जिम्मा लगाइसकेको छ । गत आइतबार मात्रै गौरीगञ्ज–२ भाकुरमारीबाट प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न एक भारतीयविरुद्ध उक्त प्रहरी कार्यालयले लागुऔषध ओसारपसार मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइरहेको छ ।

केही समय अघि गौरीगञ्ज–२ का एक नेपालीको सीमावर्ती भारतीय दशगजामा भारतीय अपराधीले हत्या गरे । त्यो घटनामा नेपाल प्रहरीले भारतमै गएर अपराधी पहिचान गरी पक्राउ गरेको भए पनि कारवाहीका लागि भारतीय सुरक्षाकर्मीकै भर पर्नुपरेको प्रहरी निरीक्षक पौडेलले बताउनुृभयो । उहाँले भन्नुभयो, “अपराध भारतीयले गरे वा नेपालीले मात्रै गरे भन्न सक्ने अवस्था छैन । अपराध जसले गरे पनि त्यो अपराधी हो ।” चाहे नेपाली हुन् या भारतीय सबैलाई नेपाल प्रहरीले कसुरअनुसार हुँदैसम्मको कारवाही गर्दै आएको उहाँकोे भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
प्रचण्ड काठमाडौँ आइपुगे, बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण !
बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड
बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड
some Winning Ways of Use With regards to mail buy wife
संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष

तपाईंले छुटाउनुभयो कि?