सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफु सत्तामा हुँदै कुनै पनि काममा कानमा तेल हालेर बस्ने अनि अरु सत्तामा हुँदै आगोमा घ्यु लगाउने प्रवृक्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
  • बुधबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो भनाई राख्दै सांसद बस्नेतले भन्नुभयो, ‘नेपालको राजनीतिमा विगतको एउटा तितो सत्य केहो भने सत्त पक्षमा छँदा खेरी कानमा तेल हालेर बस्ने अनि प्रतिपक्षमा हुँदा आगोमा घ्यु हालेर बस्ने ।
  • यो प्रवृक्तिलाई अव चाँही कमसे कम रोकैं भन्ने मेरो सुझाव रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफु सत्तामा हुँदै कुनै पनि काममा कानमा तेल हालेर बस्ने अनि अरु सत्तामा हुँदै आगोमा घ्यु लगाउने प्रवृक्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो भनाई राख्दै सांसद बस्नेतले भन्नुभयो, ‘नेपालको राजनीतिमा विगतको एउटा तितो सत्य केहो भने सत्त पक्षमा छँदा खेरी कानमा तेल हालेर बस्ने अनि प्रतिपक्षमा हुँदा आगोमा घ्यु हालेर बस्ने । यो प्रवृक्तिलाई अव चाँही कमसे कम रोकैं भन्ने मेरो सुझाव रहेको छ ।’

सरकारले देशमा भएका विभिन्न प्रकारका समस्यालाई समाधान गर्न तदारुकताका साथ अघि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलले सर्लाहीका कुमार पौडेलको हत्या तथा बालक डुवेर भएको मृत्यु र त्यहाँ भएको आन्दोलन जोडेर संसदिय समिति बनाउने प्रस्ताव गरेको र त्यसमा राज्य व्यवस्था समितिले त्यसलाई छानविन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको र सोही अनुसार सरकारले प्रकृया अघि बढाएको छ ।’

न्यायीक समितिले छानविन गर्न खोज्यो तर स्वयं कांग्रेसका सांसदहरुले समितिमा छानविन गर्न प्रकृया अघि बढाउन नदिएको कुरा सुनेको बताउँदै उहाँले न्यायीक समिति तथा राज्य व्यवस्था समिति संसदको एक अभिन्न अंग भएकोले यो नै महत्वपूर्ण छानविन समिति भएको बताउनुभयो ।

त्यसैले साना कुराहरुलाई उचालेर सदन अवरुद्ध गर्ने कुरा राम्रो नभएको बताउँदै उहाँले त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सवै दलहरु बसेर मृतकहरुलाई क्षतिपूर्ती पाँच पाँच लाख दिने, सहिद घोषणा गर्ने, परिवारलाई रोजगार दिने लगायतका १५ बुँदे सहमति गरेको स्पष्ट पार्नुभयो ।

अविरल वर्षाका कारण देशमा भएको विपद्लाई व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएर राज्यका सवै सम्यन्त्रहरु उद्धार तथा राहतमा परिचालन गर्नु भएको बताउँदै उहाँले भन्नुभयो, ‘उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय विपद् व्यवस्थापन समिती बस्यो, सम्पूर्ण जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन समितीको बैठक बसेको थियो । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएको, राज्यका तीनै तहका सरकारहरु परिचालित भए । सरकारले लिएको तदारुकतालाई नदेख्ने, सिडिओ, स्थानीयत तह, सेना, प्रहरी तथा शसस्त्र प्रहरीलाई सरकारको अंग नदेख्ने समस्या रहेको र त्यसलाई अन्त्य गर्नुपर्छ । त्यसैले सरकार व्यवस्थित ढंगले लागेको छ ।’

नदिमा तटवन्ध बनाउने कुरालाई व्यवस्थित ढंगले लैजानुपर्छ, अतिक्रमणलाई रोक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरलाई नै उदाहरणको रुपमा हेर्ने हो भने हनुमन्ते नदीमा निर्माण भइरहेको करिडोरका कारण बाढीबाट मुक्त हुन सफल भयो । त्यसैले राज्यले ५०र६० अर्व जति रकम लागे पनि खर्च गरी तटवन्ध बनाउनुपर्छ । पहाडका बस्तीहरुलाई व्यवस्थित बनाउनुपर्छ । विपद् व्यवस्थापन सम्बन्धी ऐन बनाउने र अधिकार सम्पन्न प्राधिकरण निर्माण गरेर त्यसको क्षतीपूर्ती र न्युनिकरण गर्नेमा लाग्नुपर्छ भन्ने सुझाव रहेको छ ।’

वाढीका कारण मृतक, घाइतेलाई राज्यका तर्फकाट उचित क्षतीपूर्तिका व्यवस्था गर्न माग गर्दै उहाँले राज्यले उद्धार तथा राहतमा राज्यले देखाएको तदारुकता र पुनस्थापनाको लागि तदारुकता देखाओस् भन्ने आग्रह गर्दै साना तिना कुरालाई लिएर प्रतिपक्षीदलले आगामी दिनमा सदन अवरुद्ध नगरी छलफलको माध्यमलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

https://www.youtube.com/watch?v=mAU_zfmdkm8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?