संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, पुस १२ ।
  •  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौं, पुस १२ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
पार्टीको वैचारिक दृष्टिकोणलाई देशभर फैलाउन निर्देशन दिएको उक्त बैठकले देशका प्रत्येक वडामा भरपर्दो र बलियो संगठन नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको सो बैठकले जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न नयाँ गठन हुने जनवर्गीय संगठनलाई उपयोग गर्ने निर्णय गरेको छ ।

पार्टीले देशभरबाट करिब ४०० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा उठाएको भए पनि कुनै सिट संख्या प्राप्त गर्न नसकेको उक्त दलले प्रतिनिधिसभाको समानुपातिकमा भने ०.३५ प्रतिशत मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Yashwant Rana

    Hoina hoina …… 70 years mathi ka le leadership join gare bhani yestai hun6. So ,
    Yesta neta lai 6ittai devghaat ma … haalnu par6.

    Comment Author

    Kc Ganesh

    १ बोरा पैसा बोकेर गाउँ पस्नुनी किन चाइयो सगठन ,रक्सि छदैछ ,सुँगुर कुखुरा छदैछ ,खाने मानिसको कमि छैन ,सगठनकाे के काम ।

    Comment Author

    Mohan Kayasta

    Dahile bhayera ho.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?