विद्यालयभित्रै रक्सी पसल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
३० पटक हेरिएको
Shares
विद्यालयभित्रै रक्सी पसल

सारांश

  • रुकुम, २६ ,चैत ।
  • बिद्यालय एउटा पबित्र क्षेत्र हो ।
  • जहाँबाट राम्रो शिक्षा सिकेर देश चलाउन सक्ने जनशक्ति निर्माण भइरहेको छ ।

रुकुम, २६ ,चैत । बिद्यालय एउटा पबित्र क्षेत्र हो । जहाँबाट राम्रो शिक्षा सिकेर देश चलाउन सक्ने जनशक्ति निर्माण भइरहेको छ । तर रुकुम पश्चिमका केही बिद्यालयको हाताभित्र रक्सी पसल पनि राखिएको छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ ।

बिद्यालय जस्तो पबित्र क्षेत्रमा मद्यिरा पसल राख्नेलाई शिक्षासँग सरोकार राख्ने निकायले चासो नदिएको जनगुनासो सबत्र छ । रुकुम पश्चिामको चौरजाहारी नगरपालिका वडा १२ स्थित सानाखोलामा रहेको जनकल्याण माध्यमिक बिद्यालयको हाता भित्र बिद्यार्थीलाई खाजा नास्ताको क्यान्टीनको सुबिधा हुनुको सट्टा रक्सी पसल छ ।

बिगत १३ बर्षदेखी बिद्यालय परिसरमा रहि आएको रक्सी पसल बन्द गर्नका लागी अभिभावकले अनुरोध गरे पनि बिद्यालय व्यवस्थापन समिती र रक्सी पसल राखेका व्यक्तिले अटेर गरिरहेको बताइएको छ । स्थानीय ओमप्रशकाश आचार्यका अनुसार बिगत १३ बर्ष भन्दा पहिलेदेखी मद्यिरा पसल चल्दै आएको छ र त्यस समय सम्म कयौं बिद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापक पनि परिवर्तन भइसकेका छन् । तर बिद्यालय परिसरमा रहेको सो पसल बन्द गर्न कसैको चासो गएको छैन ।

केही समय बिद्यालय व्यवस्थापन समितीको अध्यक्षले समेत रक्सी पसल संचालन गरेको आचार्यले बताए । बिद्यालय समयमा मद्यिरा खाएर आउने मान्छेहरुले बाधा पुर्याइरहेको बिद्यार्थीहरुको भनाई छ । हरेक दिन बिद्यालय वरपर मद्यिराले लट्ठ परेकाहरुले हल्लाखल्ला गरेर बिद्यार्थीको पढाईमा बाधा पुर्याइरहेको अभिभावकको समेत दुखेसो छ ।

बिद्यालय परिसरमा मद्यिरा पसल नराख्न प्रहरीले पनि पटक पटक अनुरोध गर्दा समेत उनीहरुले चासो नदिएको बताइएको छ ।

जनप्रतिनिधिले समेत बिद्यालयको हाताभित्र मद्यिरा पसल गरिरहेको खुलेको छ । चौरजहारी नगरपालिका १२ का वडा सदस्य बिष्णु देवकोटा र सोही वडाका अर्का स्थानीय मनिराम के.सीले बिद्यालय परिसरमा मद्यिरा पसल गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक हवाई उडानमा अत्यधिक चाप
आन्तरिक हवाई उडानमा अत्यधिक चाप
विदेशीको स्वार्थमा नयाँ कानुन
विदेशीको स्वार्थमा नयाँ कानुन
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
देउवाको दूत प्रचण्डसमक्ष : कांग्रेसको यस्तो नयाँ प्रस्ताव
आज विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
आज विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
ठमेलका डान्सबारबाट २० जना बालबालिका उद्दार
ठमेलका डान्सबारबाट २० जना बालबालिका उद्दार
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने
क्यानाडामाथि नेपालको रोमाञ्चक जीत, नेपालले विश्वकप छनौट खेल्न पाउने

तपाईंले छुटाउनुभयो कि?