ठमेलका डान्सबारबाट २० जना बालबालिका उद्दार

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ठमेलका डान्सबारबाट २० जना बालबालिका उद्दार

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० जना बालबालिकालाई उद्दार गरेको छ ।
  • महानगरीय प्रहरी परिसरको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज शनिबार बिहान तीन बजे उद्दार गरेको हो ।

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० जना बालबालिकालाई उद्दार गरेको छ । महानगरीय प्रहरी परिसरको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज शनिबार बिहान तीन बजे उद्दार गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको बताए । ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएको बताए ।

उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसरले ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएको बताए ।

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?