आज विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
आज विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

सारांश

  • नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदैछ ।
  • ‘हो !
  • हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ।

नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदैछ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ।

नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए। नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार आठ सय ६१ क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् ।

केन्द्रका निर्देशक डा शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए। “झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रुपमा रहेको छ”, उनले भने ।

नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या करिब दुई हजार आठ सय रहेको छ । यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ।

आव २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।

नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् ।

केन्द्रका निर्देशक डा शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए। आव २०७८/७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो । चालु आवमामा एक सय स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी चार वर्षभित्र सात सय ५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत आठ सय ९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार नौ सय ७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
पहिलो लेगमा सिटी र लिभरपुल विजयी
पहिलो लेगमा सिटी र लिभरपुल विजयी
एमाले विधान महाधिवेशनको तयारी पुरा
एमाले विधान महाधिवेशनको तयारी पुरा
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
पुनर्गठित मन्त्रीमण्डललाई प्रधानमन्त्री ओलीको कडा चेतावनी
पुनर्गठित मन्त्रीमण्डललाई प्रधानमन्त्री ओलीको कडा चेतावनी
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु