विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
सारांश
- काठमाडौं, २१ असार ।
- कहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान २०७५ असार १५ गते बिहानै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा देखा प¥यो ।
- उपसभापति मनोनित भएको लामो समयपछि ज्योतिषसंग साइत जुराएर विमलेन्द्र निधिले पद बहाली गरेर दुनियाँ हँसाए ।
काठमाडौं, २१ असार । कहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान २०७५ असार १५ गते बिहानै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा देखा प¥यो ।
उपसभापति मनोनित भएको लामो समयपछि ज्योतिषसंग साइत जुराएर विमलेन्द्र निधिले पद बहाली गरेर दुनियाँ हँसाए । उनले केही पत्रकार समेत बोलाएर ज्योतिषले भने बमोजिम ढिलो गरी पद बहाली गरेको पनि सुनाएका थिए ।
पत्रकारसंगको कुराकानीमा लामो समय मिडियालाई गाली गर्न मै खर्चिए । निधिले खासगरी कांग्रेसी पत्रकारको सातो लिएको सहभागीहरुले गुनासो गरेका छन् ।साँघु साप्ताहिकका अनुसार निधिले पत्रकारहरुलाई धम्क्याएको दोष प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल समूहले रामजी दाहालमाथि लगाएको थाहा भएको छ ।
निधिले पत्रकारहरुसंग पार्टी नेतृत्व हटाउनु पर्छ भनेर किन लेखेको भनेर स्पष्टिकरण नै सोधेका थिएं । त्यति मात्र होइन, पदाधिकारी नियुक्ति, चुनाव हार्नुको सबै कारण किन हामीलाई दिएको रामचन्द्र पौडेल पक्षको वकालत किन गरेको भनेर पनि सातो लिएको उपस्थित पत्रकारहरुले गुनासो गरेका छन् ।
निधिले उनीहरुलाई गाली गर्दै जाने क्रममा धम्की दिए– ‘‘तपाईहरु कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर लेखिरहुन हुन्छ भने हामीले पनि कांग्रेसको बिट हेर्ने सबै पत्रकारलाई हटाऊ, तिम्रो सम्पादक पनि हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ? सोच्नु भएको छ ?’
एक भोटे, टिके उपसभापति निधिको यति तल्लोस्तरको गाली पनि कांग्रेसी पत्रकारहरुले नरुचाइ नरुचाई सुन्न बाध्य भएको चर्चा प्रेस युनियन सम्बद्धहरुमा छ ।
निधिले केही कांग्रेसी पत्रकारलाई नियमित खर्चपानी दिने गरेकाले पनि सबैलाई उस्तै ठानेर गाली गरेको विश्लेषण कांग्रेसी पत्रकारहरुबीच नै चलेको छ ।
प्रतिक्रिया