आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ ।
  • आज गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिनुभएको हो ।
  • उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गर्नुभयो।

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ ।

आज गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गर्नुभयो। भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनिकरणका लागि धेरै ठूलो योगदान पुर्याउन सकिने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, ‘सुरुवातमै हामीले नक्सा पास गर्दादेखि त्यसको निर्माण सम्पन्न भएको सर्टिफाई गरुन्जेलसम्म पनि मध्यनजर राख्न सकियो भने भूकम्पीय जोखिम न्यूनीकरण मापदण्ड हामीले अनुमति दिएका पूर्वाधार निर्माणका कामहरुलाई राम्ररी भयो कि भएन भनेर हेर्न सकियो भने यसको प्रभावकारी भूमिका निर्वाह गर्न सक्छौं। त्यसभन्दा बाहेक पनि हामीले सर्टिफाई गर्यौं, हुन्छ भन्यौ तर त्यसपछि मापदण्ड अनुसार भएकी भएनन् भनेर हेरेर, जाँचेर, बुझेर, त्यो मापदण्ड पालनाको कामलाई कडाईका साथ अघि बढाएर मात्र हामीले सर्टिफाई गर्न सक्यौ भने न्यूनिकरणमा धेरै ठूलो भूमिका हुन्छ।’

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्यानुभयो ।

(riverbendresort.us)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    20bet

    I am currently writing a paper and a bug appeared in the paper. I found what I wanted from your article. Thank you very much. Your article gave me a lot of inspiration. But hope you can explain your point in more detail because I have some questions, thank you. 20bet

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?