निरन्तर विभाजनले खुम्चियो राप्रपा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
३३ पटक हेरिएको
Shares
निरन्तर विभाजनले खुम्चियो राप्रपा

सारांश

  • काठमाडौं : पार्टी स्थापनासँगै टुटफुट र गुटको शृंखलाबाट गुज्रँदै राजनीतिमा २८ वर्ष पार गरेको राप्रपाको दलीय उपस्थिति अब संघीय संसद्मा देखिने छैन ।
  • पञ्चायतको खम्बाका रूपमा परिचित ‘राजावादी’ नेताहरूले आफ्नो राजनीतिक अस्तित्व बचाइराख्न ०४७ सालमा राप्रपा गठन गरेका थिए ।
  • पार्टी शीर्षस्थ नेताहरूबीच व्यक्तित्वको टकराव, नेतृत्वका लागि होडबाजी र सत्तास्वार्थका कारण स्थापनासँगै विभाजनको सिकार बनेको राप्रपा पछिल्लो समय एकताको ६ महिना नपुग्दै फेरि विभाजित भयो ।

काठमाडौं : पार्टी स्थापनासँगै टुटफुट र गुटको शृंखलाबाट गुज्रँदै राजनीतिमा २८ वर्ष पार गरेको राप्रपाको दलीय उपस्थिति अब संघीय संसद्मा देखिने छैन ।पञ्चायतको खम्बाका रूपमा परिचित ‘राजावादी’ नेताहरूले आफ्नो राजनीतिक अस्तित्व बचाइराख्न ०४७ सालमा राप्रपा गठन गरेका थिए । पार्टी शीर्षस्थ नेताहरूबीच व्यक्तित्वको टकराव, नेतृत्वका लागि होडबाजी र सत्तास्वार्थका कारण स्थापनासँगै विभाजनको सिकार बनेको राप्रपा पछिल्लो समय एकताको ६ महिना नपुग्दै फेरि विभाजित भयो । र, विभाजित अवस्थामै निर्वाचनमा होमियो ।

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ २४ र मन्त्रिपरिषद्बाट एक गरी २५ सिटसहित चौथो शक्ति बनेको राप्रपा नेपाल (हालको राप्रपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा थ्रेसहोल्डसम्म कटाउन सकेन । राप्रपा (प्रजातान्त्रिक) र राप्रपा (राष्ट्रवादी) को हालत पनि उस्तै छ ।

प्रत्यक्षतर्फ झापा-३ बाट विजयी कमल थापा नेतृत्वको राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देनको पनि संसद्मा स्वतन्त्र हैसियत मात्रै रहनेछ । निर्वाचनको संघारमा विभाजित पशुपतिशमशेर राणा नेतृत्वको प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रवादीले एक लाख मत पनि कटाउन सकेनन् ।

राप्रपाका नेताहरू निर्वाचनमा पराजय हुनुमा विभाजनलाई प्रमुख कारण मान्छन् । चुनावी नतिजा अत्यन्तै अनपेक्षित भएको भन्दै राप्रपाका वरिष्ठ नेता दिलनाथ गिरी भन्छन्, ‘निर्वाचन संघारमा हामीले पार्टी विभाजनको मार भोग्नुपर्‍यो । जसले गर्दा सांगठनिक रूपमा हाम्रो उपस्थिति निकै कमजोर देखियो ।’ गिरीको भनाइसँग सहमति राख्दै राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहरा भन्छन्, ‘पार्टी विभाजन नै प्रमुख कारण हो । पार्टी विभाजनलगत्तै निर्वाचन आयो । हामीले जनताबीच एजेन्डा स्थापित गर्नै पाएनौं ।’ उनले राप्रपाको हिन्दू राष्ट्रको मागलाई कमजोर बनाउन केही शक्ति लागिपरेका कारण पनि अनपेक्षित परिणाम आएको दाबी गरे।

दोस्रो संविधानसभा निर्वाचनमा २५ सिटसहित चौथो शक्ति बनेको राप्रपा नेपाल (हालको राप्रपा) ले यसपटक थ्रेसहोल्डसमेत कटाउन सकेन ।

निर्वाचनमा वाम गठबन्धनविरुद्ध कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाइए पनि त्यो मजबुत नहुनुलाई कमजोरी ठान्छन्, राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहरा । दुई ठूला वामघटक चुनावमा मिलेर गइसकेपछि सबै लोकतान्त्रिक दललाई समेट्न नसक्दा राप्रपालगायत दल पराजित हुनुपरेको उनको ठम्याइ छ । ‘लोकतान्त्रिक गठबन्धनबाहिर रहेका दललाई समेट्न सकेनौं र लोकतान्त्रिक गठबन्धनबीच साँचो अर्थमा चुनावी एकता हुन पनि सकेन’, उनले भने ।

राप्रपा २७ वर्षमा पाँच पटक विभाजन

०४७ सालमा गठन भएको राप्रपा औपचारिक घोषणा हुनुअघि नै विभाजन भयो । ०४७ साल जेठ १५ गते राप्रपा चन्द र राप्रपा थापा समूह गरी दुई समूह बन्यो । ०४८ सालमा एकीकृत भएको राप्रपा फेरि ०५४ सालमा विभाजित भयो । ०५१ सालको मध्यावधि निर्वाचनमा १९ सिट जितेको राप्रपाले सरकारको नेतृत्वसमेत गर्‍यो । पार्टीका नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने तर विभाजनसँगै ०५६ सालको आमनिर्वाचनमा थापा पक्षले ११ सिट जित्यो भने चन्द पक्षले एक सिट पनि नजितेपछि ०५७ सालमा फेरि दुई पार्टी एक भए ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला ०६२ सालमा कमल थापाले पार्टी विभाजन गर्दै राप्रपा नेपाल गठन गरे । जुन राप्रपाको तेस्रो फुट थियो । लगत्तै राप्रपाभित्र पनि थापा र पशुपतिशमशेर राणाबीच असन्तुष्टि बढ्दै जाँदा थापाले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तीनै दलले नराम्रो पराजय भोगेपछि फेरि एकीकरण अभ्यास सुरु भयो । ०७० सालमा राप्रपा र राजपाबीच एकीकरण भयो । ०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकता भयो । तर, सरकारमा सहभागिताको विषयलाई लिएर साउनमा अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि राणाले राप्रपा प्रजातान्त्रिक गठन गरे ।अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखेट्दै लगेर किशोरी बलात्कार
प्रदेश २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान
प्रदेश २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
बालकको मुखमा ५२६ को दात कसरी आयो ? (भिडियो सहित)
बालकको मुखमा ५२६ को दात कसरी आयो ? (भिडियो सहित)
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
अनसनरत निर्मला पन्तका बुवाकाे गाेजीमा भेटियाे यस्ताे डरलाग्दाे तथ्य
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी

तपाईंले छुटाउनुभयो कि?