विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी

सारांश

  • काठमाडौं।
  • आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।
  • वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको सहआयोजक अमेरिका १८ रनले पराजित भएको हो।

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको सहआयोजक अमेरिका १८ रनले पराजित भएको हो।

१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समिटियो। अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए। त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

हालसम्म विश्वकप उपाधी जित्न नसकेको दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजित रहँदै ‘सुपर ८’ मा पुगेको थियो। ‘सुपर ८’ अन्तरगतको दोस्रो खेलमा अहिले सहआयोजक समेत रहेको वेस्ट इन्डिज र इङ्ल्याण्डबीचको खेल जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?