दुर्घटनामा परी सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २८, २०७३
|
|
९८२ पटक हेरिएको
Shares

सारांश

  • दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हँुदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरे रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
  • गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनु भयो ।

दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हँुदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरे रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनु भयो ।
दुर्घटनास्थल सदरमुकाम चरिकोटबाट २५ किलोमिटर टाढा पर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?