३३ किलो सुन प्रकरण: अभियुक्तलाई यो मुद्धा थपियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
३० पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरण:  अभियुक्तलाई यो मुद्धा थपियो

सारांश

  • काठमाडौं,  २८ जेठ ।
  • ३८ क्वीन्टल सुन तस्करीका अभियुक्त प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको छ ।
  • सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ ।

काठमाडौं,  २८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका अभियुक्त प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ ।

संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यको जफतसमेत गर्न सक्छ ।

प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी रहेको एक अधिकारीले बताए ।

पक्राउ परेका एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीले भने अनुसन्धानमा लापरबाही मात्रै गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा नचलाइने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?