हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
हवाई सेवा सञ्चालनका लागि उपमहानगरपालिकाको यस्तो निर्णय

सारांश

  • दाङ, १६ पुस ।
  • हवाईजहाज सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले निर्णय गर्नुपर्छ ?
  • नपत्याए तुलसीपुर उपमहानगर कार्यपालिकाको आज बसेको बैठकले गरेका निर्णयहरु हेरे हुन्छ ।

दाङ, १६ पुस । हवाईजहाज सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले निर्णय गर्नुपर्छ ? नपत्याए तुलसीपुर उपमहानगर कार्यपालिकाको आज बसेको बैठकले गरेका निर्णयहरु हेरे हुन्छ ।
दाङको टरिगाउँ विमानस्थल र हवाई सेवा सञ्चालन गर्न तुलसीपुर उपमहानगरपालिकाले तत्कालका लागि नेपालगन्जबाट इन्धन ल्याउने निर्णय गरेको छ । टरिगाउँ एयरपोर्टमा विमानसेवा सञ्चालनका लागि पहलकदमी लिएको उपमहानगरले इन्धनका बारेमा यस्तो निर्णय गरेसँगै विमान सेवा सञ्चालनका लागि वाटो खुलेको छ । दाङवासी र आसपासका जिल्लावासीहरुको हवाईसेवा सञ्चालनका लागि देखिएको चासो र मागलाई दृष्टिगत गरी उपमहानगरपालिकाले यस्तो निर्णय गर्नुपरेको हो ।

अब तुलसीपुरदेखि काठमाडौसम्म सिधै हवाइ सेवा सञ्चालन हुनेछ । यसैगरी इन्धन डिपो सञ्चालन गर्नका लागि उपयुक्त जग्गाको खोजी गर्न कार्यपालिकाको बैठकले उपसमिति समेत बनाएको प्रवक्ता श्याम डाँगीले बताए । उनले तत्कालका लागि सातामा दुईपटक विमान सेवा सञ्चालन गर्ने निर्णय गरेको समेत बताए ।

इन्धन डिपो सञ्चालनका लागि वैठकले ९ सदस्यीय उपसमिति पनि बनाएको छ । समितिका सदस्यहरुमा वडाध्यक्षहरु सूर्यवहादुर डाँगी, नवराज लामिछाने, टोपबहादुर केसी, कुमार लामिछाने, घनश्याम ढकाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरवहादुर रावत, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञवहादुर केसी, नगरपालिकाका इन्जिनियर पवन योगी रहेका छन् । समितिलाई दुई हप्ताभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।

यसैगरी टरिगाउँ विमानस्थलको धावनमार्ग साँघुरो भएकाले ठूला जहाजको उडान भर्नका लागि एयरपोर्ट विस्तारको विकल्पको खोजी गर्ने निर्णय गरेको पनि प्रवक्ता डाँगीले बताए । राप्तीलाई पर्यटकको हबका रुपमा विकास गर्न सकेमा विमान सञ्चालनको केन्द्रका रुपमा टरिगाउँ विमानस्थल रहने भएकाले पर्यटकीय विकासका लागि पहल गर्ने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको छ । पञ्चायतकालमै हवाईसेवा शुरु भएको दाङको टरिगाउँ विमानस्थलमा इन्धनकै अभावका कारण वर्षौंदेखि हवाई सेवा बन्द रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
कसरी चल्यो झापा ३ मा ‘म्याच फिक्सिङ’को हावा ?
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी
नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु:  पुर्ब जनमुक्तिसेना
विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना

तपाईंले छुटाउनुभयो कि?