शर्मालाई शुक्रबार अदालतमा हाजिर हुन आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
१३ पटक हेरिएको
Shares
शर्मालाई शुक्रबार अदालतमा हाजिर हुन आदेश

सारांश

  • काठमाडौँ, २८ असार ।
  • सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ ।
  • न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो ।

काठमाडौँ, २८ असार । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको थियो ।

निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको जनाउँदै थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले पुर्पक्षका लागि उहाँलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशानुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायत आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
मन्त्रीलाई प्रधानमन्त्रीको कडा निर्देशन : सम्झौता चाँडो कार्यान्वयन गर्नुस्
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
सोमबारको सेयर बजार कारोबार रकम घट्यो
सोमबारको सेयर बजार कारोबार रकम घट्यो
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
झुपडी र गरिबलाई नछुने बजेट : डा संग्रौला
झुपडी र गरिबलाई नछुने बजेट : डा संग्रौला
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?