संसदको चुनावमा पनि तालमेल गर्ने गरी गठबन्धन बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
संसदको चुनावमा पनि तालमेल गर्ने गरी गठबन्धन बढ्यो

सारांश

  • काठमाडौं।
  • संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ ।
  • साेमबार बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ ।

काठमाडौं। संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । साेमबार बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ ।

गठबन्धनले पालिकाको कमिटी र जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गर्न पाँच दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको हो । योसँगै गठबन्धनले आगामी चुनावसम्म पनि तालमेल गर्ने संकेत गरेको छ ।

बैठकमा स्थनीय निकाय निर्वाचनको गहिरो समिक्षा भएको थियो । तालमेलमा त्रुटी हुँदा ५० भन्दा बढी पालिका हार्नु परेको विषय पनि उठेको थियो । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एसले तालमेल भएका स्थानमा आफूहरुलाई धोका भएको विषय उठाएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?