काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो

सारांश

  • शिखरन्युज, २७ जेठ – काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन गर्न भारतीय रेल विभागका कर्मचारी काठमाडौं आएर काम शुरु गरेका छन् ।
  • चीन तर्फबाट काठमाडौंसम्म रेल ल्याउने चर्चा चलिरहेका बेला भारतबाट काठमाडौं जोड्ने रेलका लागि अध्ययन शुरु भएको हो ।
  • प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गएका बेला रेलमार्ग बनाउने सम्झौता भएको थियो ।

शिखरन्युज, २७ जेठ – काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन गर्न भारतीय रेल विभागका कर्मचारी काठमाडौं आएर काम शुरु गरेका छन् । चीन तर्फबाट काठमाडौंसम्म रेल ल्याउने चर्चा चलिरहेका बेला भारतबाट काठमाडौं जोड्ने रेलका लागि अध्ययन शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गएका बेला रेलमार्ग बनाउने सम्झौता भएको थियो । सम्झौता अनुसार प्रारम्भिक सर्भे गरी प्रारम्भिक लागतको खाका तयार गर्ने बताइएको छ । रेल विभागका अनुसार अबको ४ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने कार्ययोजनासहित भारतीय रेल विभाग अन्तर्गतका वरिष्ठ इन्जिनियर काठमाडौं आएर काम सुरु गरिसकेका छन् ।

प्रतिवेदनकै आधारमा विस्तृत परियोजना प्रतिवेदन बनाइने रेल विभाग काठमाडौंले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा उनीसँगै आएका दुईजना वरिष्ठ इन्जिनियरले सम्भावित रेल स्टेसनको रूपमा काठमाडौंको चोभार पुगी स्थलगत हेरेर फर्केका थिए । चोभार पुगेर हेरपछि त्यतिबेलै रेलमार्ग अध्ययनको नक्सा समेत लिएर गएको बताइएको छ । 

नेपालका रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार भारीय इन्जिनियरहरू अहिले प्रतिवेदन तयार पार्न काठमाडौं आएका हुन् । उनका अनुसार भारतको रेल मन्त्रालयको आदेश अनुसार ४ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । त्यस्तो अध्ययन प्रतिवेदन तयार भएपछि रेलमार्ग बनाउन लाग्ने लागतको अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदनका लागि काम शुरु गरिनेछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  हरि ढकाल विजयी
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी
सीके राउतलाई पाँचाैपटक म्याद थप
सीके राउतलाई पाँचाैपटक म्याद थप
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
अनुगमन नाम मात्रैको, महंगी थामिनसक्नु
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे

तपाईंले छुटाउनुभयो कि?