राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
सारांश
- काठमाडाै, ५ भदाै ।
- लोपोन्मुख राउटे समुदायले मदिरा सेवन गर्ने बानी अत्याधिक मात्रामा बढाउँदै लगेपछि दैलेखको गुराँस गाउँपालिकाले कडाइ गर्ने निर्णय गरेको छ ।
- गाउँपालिकाले आसपासका व्यापारीलाई राउटेलाई खाद्यान्न, लत्ताकपडा बाहेक मदिराजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ ।
काठमाडाै, ५ भदाै । लोपोन्मुख राउटे समुदायले मदिरा सेवन गर्ने बानी अत्याधिक मात्रामा बढाउँदै लगेपछि दैलेखको गुराँस गाउँपालिकाले कडाइ गर्ने निर्णय गरेको छ । गाउँपालिकाले आसपासका व्यापारीलाई राउटेलाई खाद्यान्न, लत्ताकपडा बाहेक मदिराजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ । तर, राउटे समुदायलाई आफ्नै घरमा मदिरा उत्पादन गर्न भने छुट दिइएको गाउँपालिकाका नायव सुब्बा कर्ण थापाले बताए ।
उनका अनुसार राउटेलाई मदिरा वितरण गरेको पाइए पहिलो पटक व्यापारीलाई २ हजार तथा दोहोर्याएको खण्डमा डबल जरिवाना गर्ने कार्यविधि गाउँपालिकाले पास गरेको उनले बताए ।गाउँपालिकाले राउटे बस्तीमा जानु पूर्व अन्य संघसंस्थाले अनुमति लिनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएको खण्डमा राउटेलाई सहयोग गर्न चाहने निकाय एकद्वार नीतिमा आउने गाउँपालिकाको अपेक्षा रहेको अध्यक्ष खेम वलीले बताए ।
‘हामी राउटे समुदायको संस्कृति जगेर्ना हो, सबैले मनलाग्दी तरिकाबाट खर्च गर्ने, सामान वितरण गर्दा डुप्लिकेसन पर्ने खतरा भएको कारण त्यसलाई व्यवस्थित बनाउन यो निर्णय गरेका हौं,’ अध्यक्ष वलीले भने, ‘अन्य संस्था र गाउँपालिकाले राउटे समुदायलाई वितरण गरेका सामान पनि स्थानीयलाई नकिन्न अनुरोध गरेका छौं ।’ उनले राउटे समुदायलाई वितरण गरेका सामान राउटेले बिक्री गर्ने र त्यसबाट आएको पैसाले मदिरा सेवन गर्ने गरेको पाइएकाले यस्तो व्यवस्था लागू गर्न खोजिएको हो ।
प्रतिक्रिया