सप्तरीमा मध्यरातमा आगलागी हुँदा ३ घर जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सप्तरीमा मध्यरातमा आगलागी हुँदा ३ घर जलेर नष्ट

सारांश

  • काठमाडौं, १४ साउन ।
  • सप्तरीको सुरुङ्गा नगरपालिकामा आइतबार मध्यरातमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।
  • तीन परिवारका १–१ वटा घरमा भएको आगलागीबाट करिब साढे ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काठमाडौं, १४ साउन । सप्तरीको सुरुङ्गा नगरपालिकामा आइतबार मध्यरातमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । तीन परिवारका १–१ वटा घरमा भएको आगलागीबाट करिब साढे ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सुरुङ्गा– ८ की निर्चिदेवीको भान्साबाट सुरु भएको आगोले उनको सहित शैनी राम र पुरण रामको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, फर्निचर, गहना तथा नगद जलेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जनाए ।

प्रहरी, स्थानीयवासी तथा राजविराज र लहान नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १ बजे आगो नियन्त्रणमा आएको एसपी सिंहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?