प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०८१
|
|
४७ पटक हेरिएको
Shares
प्रचण्डलाई बाबुरामको आरोप- ‘समाजवादी मोर्चा’ को ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ !

सारांश

  • काठमाडौं।
  • डा.
  • बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आरोप लगाउँदै आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन्।

काठमाडौं। डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आरोप लगाउँदै आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहेको र केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्-

पहिले सत्तामा छॅदा वहाँहरूलाई सांसद संख्या पुर्याउनु थियो ! अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो ! हामीले स्वीकार्यौं ! (भलै गण्डकी प्रदेशको केसमा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको छ!)

दल त्याग गरिसकेको मान्छेलाई हामीले कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट विदा गर्यौं! निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ।

अहिले वहाॅहरू सडकमा पछारिनु भएको छ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ ।

निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? वहाहरू संविधान र कानून भन्दा माथि हो? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुॅदैन? सत्ता नै सबै थोक हो? यसरी आउॅछ ‘समाजवाद’ ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा ७७ उम्मेदवारको धरौटी जफत
कैलालीमा ७७ उम्मेदवारको धरौटी जफत
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
“पशुपति शमशेर राजनिति हिसावमा अार्यघाट लगिसकेकाे मान्छे हाे”-रेशम लामा
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई