इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
३० पटक हेरिएको
Shares
इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु

सारांश

  •  मंसिर २२ – इटालीको मध्यक्षेत्रमा अवस्थित एक रात्रिक्लबमा शनिबार भएको भागदौडमा परी ६ जनाको मृत्यु भएको छ ।
  • शनिवार बिहान १ बजेको समयमा आकस्मिक खलबली मच्चिएपछि भागदौड मच्चिएको थियो ।
  • अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत् प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्नेक्रममा उक्त दुःखद् घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

शनिवार बिहान १ बजेको समयमा आकस्मिक खलबली मच्चिएपछि भागदौड मच्चिएको थियो । अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत् प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्नेक्रममा उक्त दुःखद् घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरन्जन लिइरहेका समय एक्कासि भागदौड मच्चिएको बताइएको छ ।

‘क्लबमा जब अतितीखो गन्ध फैलियो । उक्त समय हामीहरू कन्सर्टको पर्खाइमा नाचेर मनोरन्जन गरिरहेका थियौं’–घटनामा घाइते भइ उपचाररत् एक प्रत्यक्षदर्शी १६ वर्षीय युवकले भने । उनले थपे, त्यसपछि हामी क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा पुग्यौं । तर, क्लबका सुरक्षागार्ड ९बाउन्सर०ले फिर्ता हुन भनेपछि फर्कियौं । तर, भागदौडका कारण चोट लाग्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?