महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
४४ पटक हेरिएको
Shares
महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

सारांश

  • गौशाला, १ चैत ।
  • महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।

गौशाला, १ चैत । महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।

उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने कीटाणुको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी बिरामी जिल्लाको बलवा नगरपालिकामा र सबैभन्दा कम बिरामी जिल्लाको बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा रहेको बताउनुभयो ।

उहाँका अनुसार बलवा नगरपालिकामा प्रति १० हजारमा पाँचजना कुष्ठरोगी रहेको तथा बदिवास नगरपालिका र सम्सी गाउँपालिकामा समान रुपले प्रति १० हजारमा शून्य दशमलव तीनजना कुष्ठरोगी रहेका छन् ।

अधिकृत झाका अनुसार जिल्लामा प्रत्येक एक लाखमा २७ जना कुष्ठरोगीमध्ये महिला लगभग ४९ प्रतिशत, बालबालिका १२ प्रतिशत र अङ्गभङ्ग भएका कुष्ठरोगी १२ प्रतिशत रहेका छन् । जिल्लामा कुष्ठरोगको भयावह अवस्था हेरेर यही चैतमा जिल्लाको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले कुष्ठरोगी खोजी अभियान चलाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
चरम गुटबन्दीका कारण नेकपा एकता प्रक्रिया अन्योलमा
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
देउवा र प्रचण्डलाई ठुलो झटका:नवराज सिलवाललाई आइजीपी बनाउन सर्बोच्च परमादेश
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र
सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र