सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त

सारांश

  • शिखरन्यूज, काठमाडौं, १२ फागुन- संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ।
  • एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो।
  •  आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

शिखरन्यूज, काठमाडौं, १२ फागुन- संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो। आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

स्रोतले दिएको जानकारीअनुसार फोरमले एमालेलाई दिएको चारबुँदे प्रस्तावमा तत्कालीन सरकारसँग ०६४ भदौ १३ मा भएको २२ बुँदे सम्झौता कार्यान्वयन, संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन, संघीय सीमांकन आयोग गठनसम्बन्धी उपधारा थप गर्ने र प्रदेश २ को सरकारमा एमाले सहभागी हुनुपर्ने छन्। ‘हाम्रा माग पूरा भए सरकारमा संघीय फोरम सहभागी हुन्छ’, स्रोतले जानकारी दिएको छ।

एमालेले बुधबार फोरमलाई आधिकारिक रूपमा सरकारमा सामेल हुन आग्रह गरेको थियो। बुधबारको छलफलमा एक दुई दिनभित्रै शीर्ष तहमा बैठक गरी एउटा कार्यदलबाट संविधान संशोधनको गृहकार्य गर्ने अनौपचारिक सहमति भए पनि त्यसअनुसार काम नभएकोमा फोरम चिन्तित छ।

फोरमका महासचिव रामसहाय यादवले शीर्ष नेतृत्वसहित बैठक बसेर संविधान संशोधनको गृहकार्य अघि बढाउने भनेकोमा केही ढिलो भएको बताए। उनले भने, ‘दुई पार्टीका शीर्ष नेतृत्व र वार्ता कमिटीको बैठक छिट्टै बस्छ। संविधान संशोधन हुनेमा हामी आशावादी छौं।’

फोरमका चारबुँदे सर्त

१. ०६४ भदौ १३ गते भएको २२ बुँदे सम्झौताको कार्यान्वयन,

२. संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन,

३. धारा २७४ मा नै उपधारा थप्दै संघीय सीमांकन आयोगको गठनसम्बन्धी प्रावधान राख्ने र

४. प्रदेश २ को सरकारमा एमाले पनि सहभागी हुनुपर्ने।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Dharma Raj Bhattarai

    सबै मिलेर देश बनाउ अभियानमा जुट्नु छ सर्त भनेको पुरा हुँदै जान्छ

    Comment Author

    Ghimire Lekh Nath

    274 Ko budaa maa ke chha janataa le bujhana chaahaanchhan ?

    Comment Author

    Dwarika Bista

    Bam gathbandhan batai sarkar chalxa vane kina lyaunu foram soram lai sarkarma paxi aafai lai badha puryauxa foram le….

    Comment Author

    Kumar Gahataraj

    KP Oli (UML) le hijoka dinma Morchale uthayeka Sammidhan sansodhan ko bisayelai jasari byakhya garera sweekar gareko thiyena aaja kasari sweekar garxa ……..?? k Bhasa….Nagarikta……samandhi mag pura garinxa……???????

    Comment Author

    Bishnu Plc Paudel

    Sarkar ma vayako bala desh RA janatako lagi knai garya xara yasla sarta rakhna yo desh banauna wala hoina bikhandan garna wala ho

    Comment Author

    Shanta Giri

    सर्त राख्नेहरुको कहिल्यै विश्वास हुँदैन र त्यसताले कहिल्यै देश र जनताको लागि राम्रो काम गर्दैनन् । केवल आफ्नै स्वार्थ मात्र हेर्छन् ।

    Comment Author

    Marasini Umakanta

    Aslai kina sattama laijane .hutiharaharu bahumat bhayapachhi pani.thukka bam haru

    Comment Author

    Sagar Neupane

    no need to include them in the left-alliance government; हामी फेरि पनि दक्षिणबाट संचालित हुने हो भने समृद्धि कहिले हुँदैन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?