सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ५, २०७८
|
|
२१ पटक हेरिएको
Shares
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी

सारांश

  • नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् ।
  • नेकपा माओवादी केन्द्रले उनलाई पदमुक्त गर्न राष्ट्रिय सभामा निवेदन दर्ता गराएकामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदमुक्त भएको जानकारी गराएका हुन् ।
  • सांसद नरहेपछि बादल स्वतः मन्त्री रहेनन् ।

नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् । नेकपा माओवादी केन्द्रले उनलाई पदमुक्त गर्न राष्ट्रिय सभामा निवेदन दर्ता गराएकामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदमुक्त भएको जानकारी गराएका हुन् ।

सांसद नरहेपछि बादल स्वतः मन्त्री रहेनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आजै गृहमन्त्रीको सपथ गराउने भएका छन् । विश्वस्त स्रोतका अनुसार बादल उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइने प्रधानमन्त्रीको ओलीको इच्छा रहेको छ ।

बदलले माओवादी केन्द्र छाडी ओलीलाई साथ दिएका थिए । राजनीतिक दलसम्बन्धी नियमावली अनुसार दल त्याग गरेमा सम्बन्धित दलले निर्णय गरेर सांसद पद खारेज गराउन सक्छ ।
बादल मन्त्री बनाइएमा ६ महिनामात्र पदमा रहन पाउनेछन् । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?