चिलीमा हवाई दुर्घटना, छ जना मारिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
चिलीमा हवाई दुर्घटना, छ जना मारिए

सारांश

  • पुर्टोमोन्ट, ४ बैशाख ।
  • चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ ।
  • चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ ।

पुर्टोमोन्ट, ४ बैशाख । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ ।

पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्नासाथ दुर्घटना भएको जानकारी दिनुभयो । बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

बिमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन । नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानबिन शुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?