अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उदघाटन गरेका छन् ।
- खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसँग सम्बन्धित भएको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उदघाटन गरेका छन् ।
खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसँग सम्बन्धित भएको बताए ।
प्रधानमन्त्री ओलीले व्यवसाय गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताए । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो” प्रधानमन्त्री ओलीले भने, “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ ।”
प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया