सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना सुरू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना सुरू

सारांश

  • पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा ५ बजेदेखि मतगणना सुरू भएको छ ।
  • प्रतिनिधिसभा–१ अन्तर्गत लिसङ्खुपाखर–३ को महादेव स्थान र सुनकोसी ७ को सेतिदेवि (ख) केन्द्रको मतगणना भैरहेको छ भने  प्रतिनिधिसभा २ को मेलम्ची नगरपालिका १० सितलादेवि मावि र पाँचपोखरी गाउँपालिका भोटेनाम्लाङ माविको केन्द्रको मत गणना भैरहेको जनाइएको छ ।
  • बुधबार बसेको सर्वदलीय बैठकले सदर बदरका विषयमा सहमति कायम गरेपछि बिहीबार ५ बजेबाट सुरू भएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा ५ बजेदेखि मतगणना सुरू भएको छ ।

प्रतिनिधिसभा–१ अन्तर्गत लिसङ्खुपाखर–३ को महादेव स्थान र सुनकोसी ७ को सेतिदेवि (ख) केन्द्रको मतगणना भैरहेको छ भने  प्रतिनिधिसभा २ को मेलम्ची नगरपालिका १० सितलादेवि मावि र पाँचपोखरी गाउँपालिका भोटेनाम्लाङ माविको केन्द्रको मत गणना भैरहेको जनाइएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले सदर बदरका विषयमा सहमति कायम गरेपछि बिहीबार ५ बजेबाट सुरू भएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

१ लाख १४ हजार ३४४ मतदाता रहेको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत र पूर्वसञ्चारमन्त्री अग्नी सापकोटासहित १३ जना प्रत्यासी मैदानमा छन् । त्यहाँ करिब ७८ हजार मत खसेको खनालले जानकारी दिए ।

त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रमा  १ लाख १२ हजार १९६ मतदाता रहेका छन् भने ७७ हजार मत खसेको आँकलन गरिएको छ । र, त्यहाँ राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा, वाम गण्ठबन्धनका तर्फबाट शेरबहादुर तामाङ मैदानमा छन् । त्यहाँ ९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन सकिएको ११ दिनपछि मतगणना भइरहेकाले दलका नेता कार्यकर्ता सदरमुकाम चौतामा भेला हुने क्रम जारी छ ।

प्रतिनिधिसभातर्फ निर्वाचनको परिणाम २४ घन्टाभित्र सार्वजनिक गरिसक्ने गरी तयारी भएको र प्रदेशसभा र समानुपातिकतर्फको मतगणना ४ दिनभित्र गरिसक्ने योजना रहेको खनालले जानकारी दिए ।

मतगणनास्थलको सुरक्षाका लागि तारजाली र सीसीटीभी जडान गरिएको खनालको भनाइ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
ओली ब्याक भएकै हुन् ?
ओली ब्याक भएकै हुन् ?
निगमले पूर्वाधार शुल्क हटाउने
निगमले पूर्वाधार शुल्क हटाउने
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
एउटी चेलीका लागि मृत्युसँग किन लडे यी रोल्पालीहरु ?
एउटी चेलीका लागि मृत्युसँग किन लडे यी रोल्पालीहरु ?
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने