सिरियामा रुसी विमानद्वारा बमबारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सिरियामा रुसी विमानद्वारा बमबारी

सारांश

  • ९ फागुन ।
  • सिरियाको इदबिल शहरमा रुसस् युद्व विमानले बमबारी गरेको छ ।
  • रुसी समाचार संस्था तासका अनुसार आतंकारीहरुलाई लक्षित गरी एरोस्पेस फोर्सको एसयू बम्बरले बमबारी गरेको हो ।

९ फागुन । सिरियाको इदबिल शहरमा रुसस् युद्व विमानले बमबारी गरेको छ । रुसी समाचार संस्था तासका अनुसार आतंकारीहरुलाई लक्षित गरी एरोस्पेस फोर्सको एसयू बम्बरले बमबारी गरेको हो । उक्त क्षेत्रमा आतकंकारीको अड्डा रहेको दाबी गरिएको छ । इदबिल क्षेत्रमा रुसी एरो स्पेसले आक्रमण गरेको हो ।

आतंककारी गतिविधीलाई न्यूनीकरण गर्न सिरियन सरकारको आग्रहमा रुसी एसयू २४ एयरक्रफ्टले आक्रमण गरेको जनाइएको छ । हमलापछि सिरियन सैन्यलाई सो क्षेत्रमा हस्तक्षेप गर्न सजिलो भएको छ । सिरियन सेनाले आतंककारीहरुको एक ट्यांक, छ बटा सेना शवार गाडी र पाँचवटा पिक अप ट्रक ध्वस्त पारेका जनाइएको छ ।
२० फेब्रुअरीमा सिरियाको मिनास र नायराब शहरमा रहेका सैन्य क्याम्पमा आंतककारीहरुले ठूलो आक्रमण गर्ने योजना बनाइरहेको थियो । सोही जवाफमा सिरियन सेना, टर्किस सेना र रुसी हवाई सेनाको संयूक्त मद्दतले उक्त योजना विफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?