सुरु नभई सकिएको प्रेमध्वजको अनौठो प्रेम कहानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सुरु नभई सकिएको प्रेमध्वजको अनौठो प्रेम कहानी

सारांश

  • गायक प्रेमध्वज प्रधानसँग सम्बन्धित थुप्रै रमाइला किस्साहरु जोडिएका छन् ।
  • उनी तन्नेरी उमेरका निकै ह्याण्डसम थिए ।
  • उनी यत्ति ह्याण्डसम थिए कि, त्यतिबेलाकी चर्चित भारतीय हिरोइन माला सिन्हा समेत उनको रुप देखेर भुतुक्कै भएकी थिइन् ।

गायक प्रेमध्वज प्रधानसँग सम्बन्धित थुप्रै रमाइला किस्साहरु जोडिएका छन् । उनी तन्नेरी उमेरका निकै ह्याण्डसम थिए । उनी यत्ति ह्याण्डसम थिए कि, त्यतिबेलाकी चर्चित भारतीय हिरोइन माला सिन्हा समेत उनको रुप देखेर भुतुक्कै भएकी थिइन् । प्रेमध्वजले फिल्म माइतीघरमा गीत गाएका कारण पनि उनको हिमचिम माला सिन्हासम्म पुग्यो । प्रधानको रुप त सुन्दर छँदै थियो, स्वर पनि उस्तै सुमधुर भएका कारण माला सिन्हा सुटिङका क्रममा उनी नेपाल रहुन्जेल सिन्हाको रोजाईमा प्रधान परे । फिल्मको गीत रेकर्ड गरिसके पछि सामान्यतया गायक गायिकाको काम सकिन्छ । तर प्रेमध्वजले भने सुटिङ युनिटसँगै विभिन्न स्थान पुग्नु पर्यो, माला सिन्हाको विशेष आग्रहमा । यसरी सुटिङ टिमसँग हिड्दा प्रधान मालालाई गीत सुनाएर मोहित पार्थे । प्रधान चर्चित भारतीय गीतहरु निकै मीठोसँग गाउने भएकाले पनि उनले गीत सुनाएर मालालाई सुटिङको थकान हटाउन निकै सहयोग गरे ।

भनिन्छ मालाले सिपी लोहनी होइन, प्रेमध्वजलाई मन पराउथिन् । तर प्रेम विवाह गरेर वियोगको सामना गरेकी प्रेमध्वजकी आमाले भाँजो हालेका कारण प्रेमध्वज र माला सिन्हा प्रेम सम्बन्धमा पुग्न नपाएको अनुमान त्यतिबेलाका उनीहरुका समकालिनको अनुभव छ । प्रेमविवाह गरे पनि वियोगको सामना गर्नु परेका कारण प्रेमध्वजकी आमालाई माया, प्रेम जस्ता कुरामा रत्तिभर विश्वास थिएन ।

माइतीघर फिल्मको सुटिङका क्रममा नेपाल आएकी अभिनेत्री माला सिन्हा उनको रुप र स्वरबाट निकै प्रभावित भएकी थिइन् । माला सिन्हाको झुकाव उनी प्रति कतिसम्म थियो भने फिल्मको सुटिङ युनिट जहाँ जहाँ पुग्थ्यो सिन्हाको अनुरोधमा निर्माण पक्षले प्रेमध्वजलाई पनि सँगै लग्नु पथ्र्यो । माला सिन्हाकै अनुरोधमा प्रेमध्वज भारतको मुम्बई पनि पुगेका थिए । उनले त्यहाँ करिब ८ महिना बिताए । त्यो समय सिन्हाले उनलाई भारतका चर्चित संगीतकार खयाम, जयदेव लगायतलाई पनि भेटाएकी थिइन् । प्रेमध्वजलाई भारतीय संगीतकारले हिन्दी फिल्ममा गीत गाउने आश्वासन समेत दिएका थिए । तर आमा बिरामी भएको खबर पाए लगत्तै उनी नेपाल फर्किनु परे पछि उनको हिन्दी फिल्ममा गीत गाउने सपना अधुरै रह्यो नै माला सिन्हासँगको दुरी पनि कहिल्यै नभेटिने गरि बढेर गयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Things Should Know Should you Marry an eastern european Woman
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि
करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि
घट्यो सुनको मूल्य, कति छ तोलाको ?
घट्यो सुनको मूल्य, कति छ तोलाको ?
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
(नोटाम) उल्लंघन गर्दै फ्लाई–दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ : ई. कंडेल
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी

तपाईंले छुटाउनुभयो कि?