ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ?’भन्दै भीम रावलले पोखे आक्रोश

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीको बैठक निर्धारित समयभन्दा ४० मिनेट ढिलो शुरु भयो ।
  • अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने प्रयास गरिंदा बैठक ढिलो भयो ।

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको बैठक निर्धारित समयभन्दा ४० मिनेट ढिलो शुरु भयो । अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने प्रयास गरिंदा बैठक ढिलो भयो । बैठकस्थलमा बसेका कतिपय स्थायी कमिटी सदस्यहरुले ‘किन ढिलो गरेको ?’ भनी प्रश्न उठाए ।

बैठक एक बजेका लागि डाकिएकोमा आधा घन्टा बितिसक्दा पनि शुरु नभएपछि होहल्ला चल्न थाल्यो । ओलीको विरोधी समूहका नेताहरुले विरोध गर्दै बैठक शुरु गर्न दबाब दिन थाले । स्थायी कमिटी सदस्य भीम रावल निकै आक्रोशित भए । उनले ‘एक व्यक्तिका कारण बैठक गर्दै नगर्ने, गरेपनि ढिलाई गर्ने’ भन्दै असन्तुष्टि पोखे । उनले पार्टीलाई विधि प्रक्रियामा चलाउनुपर्ने भन्दै नीति नियम सबैले मान्नुपर्ने बताए ।

रावललाई समर्थन गर्दै स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र वेदुराम भुषालले पनि असन्तुष्टि पोखे । उनीहरुले पनि किन यति लामो समयसम्म ‘एउटा व्यक्तिलाई कुर्ने ?’ भनी प्रश्न गरे । अब विधि प्रक्रिया अनुसार बहुमतको आधारमा निर्णय गरेर जानुपर्नेमा उनीहरुको जोड थियो ।

४० मिनेटसम्म कुर्दा पनि प्रधानमन्त्री ओली बैठकमा सहभागी भएनन् । उनी पक्षका स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छन् ।(फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?