प्रधानमन्त्री ओलीको मोरङ र झापा पुग्ने दुई दिने कार्यक्रम
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोलि मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
- काठमाडौंबाट विराटनगर अवतरण पुगी ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोलि मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
काठमाडौंबाट विराटनगर अवतरण पुगी ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसैगरी अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेश १ स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी भोलि दमक रेडक्रस हलमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । भोलि दिउसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा गौरादह नगरपालिका स्थित स्कुलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया