सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने

सारांश

  • बिराटनगर ,९ भदौ ।
  • इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ ।
  • जिल्ला सदरमुकाम बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।

बिराटनगर ,९ भदौ । इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ ।जिल्ला सदरमुकाम बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।

भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको ट्रस बनाएर त्यसमा तरकारी तथा मासु पसल राखिने नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले बताउनुभयो । भवन निर्माणका लागि निर्माणस्थलमा रहेका कपडा र तरकारी पसल हटाइसकिएको छ ।

नगर प्रमुख महेश बस्नेतले शुक्रवार शिलान्यास  गर्नु भएको सो भवन आगामी ७६ साल  चैत ३० सम्ममा निर्माण भइसक्ने बताईएको छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ । हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु-याउने अपेक्षा लिइएको छ ।

इलामलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न यो आधुनिक भवनले झन सहयोग पुयाउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?