ट्रक र बस आपसमा ठाेक्किदा ११ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५१ पटक हेरिएको
Shares
ट्रक र बस आपसमा ठाेक्किदा  ११ जना घाइते

सारांश

  • धादिङ,  ११ जेठ ।
  • धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठक्‍कर लागेर चालकसहित ११ जना घाइते भएका छन्।
  • भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्‍सलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन।

धादिङ,  ११ जेठ । धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठक्‍कर लागेर चालकसहित ११ जना घाइते भएका छन्।

भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्‍सलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन।

विपरीत दिशाबाट आउँदै गरेको बसले अर्को बसलाई ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।
घाइते चालक र यात्रुलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका असहय ज्ञान बहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बसले जानी जानी ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?