पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध

सारांश

  • गलकोट, ५ मंसिर ।
  •  बागलुङ नगरपालिकाले पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध गरेको छ ।
  • स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चनाचटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो ।

गलकोट, ५ मंसिर । बागलुङ नगरपालिकाले पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चनाचटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको साैन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिकाकाले जनाएको छ ।

‘हेर्दा सामान्य निर्णयजस्तो लागेपनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ,’ प्रमुख जनकराज पौडेलले भनेका छन्, ‘व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ।’ हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मन लागे छिमेकी जिल्ला पुग्नुपर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?