हत्या अभियोगमा सातजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
हत्या अभियोगमा सातजना पक्राउ

सारांश

  • चरिकोट ।
  • करिब ४ महिनाअघि दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका– ७ मा मृत फेला परेका ठक्करबहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा सातजनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
  • कालिञ्चोक गाउँपालिका–७ साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक वनमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो ।

चरिकोट । करिब ४ महिनाअघि दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका– ७ मा मृत फेला परेका ठक्करबहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा सातजनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

कालिञ्चोक गाउँपालिका–७ साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक वनमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालयले सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा साविकका सुनखानी गाविस– ४ का २४ वर्षीय रवीन्द्र शिवाकोटी, जुंगु गाविस– ४ का २० वर्षीय विक्रम कार्की, साविकला पिलाङ गाविस– ९ का २२ वर्षीय राजन थापा, सुनखानी गाविस– ४ का २८ वर्षीय नकुल तामाङ, सुनखानी– ४ कै २१ वर्षीय विष्णु तामाङ, २८ वर्षीय कुमार ढुंगेल र ३८ वर्षीय रामकाजी तामाङ छन् ।

पक्राउ परेका उनीहरुलाई दोलखा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?