सिद्धि गणेशको खटजात्रा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२० पटक हेरिएको
Shares
सिद्धि गणेशको खटजात्रा सम्पन्न

सारांश

  • काठमाडौँ, ११ चैत, काठमाडौँ महानगरपालिका–१४ स्थित टेकुसीमा प्रत्येक वर्ष चैत शुक्ल अष्टिमीका दिन गरिने सिद्धि गणेशको खटजात्रा आज सम्पन्न भएको छ ।
  • विधिपूर्वक बिहान गणेशको पूजा गरी मूर्तिलाई खटमा सजाएर स्थानीय देवी तथा देवताका मन्दिरमा आजको दिन परिक्रमा गराउने प्रचलन छ ।
  • प्राचीन समयमा काठमाडौँ–कीर्तिपुरको व्यापारिक कारोवार गर्ने महत्वपूर्ण स्थलका रुपमा त्यस स्थानलाई लिइएको छ ।

काठमाडौँ, ११ चैत, काठमाडौँ महानगरपालिका–१४ स्थित टेकुसीमा प्रत्येक वर्ष चैत शुक्ल अष्टिमीका दिन गरिने सिद्धि गणेशको खटजात्रा आज सम्पन्न भएको छ ।

विधिपूर्वक बिहान गणेशको पूजा गरी मूर्तिलाई खटमा सजाएर स्थानीय देवी तथा देवताका मन्दिरमा आजको दिन परिक्रमा गराउने प्रचलन छ ।

प्राचीन समयमा काठमाडौँ–कीर्तिपुरको व्यापारिक कारोवार गर्ने महत्वपूर्ण स्थलका रुपमा त्यस स्थानलाई लिइएको छ । सो स्थान भइ आवतजावतका क्रममा थकाई मार्ने यात्रुले गणेशको पूजा गरी मनोकांक्षा पुरा गर्ने गरेको विसं १९९१ मा स्थानीय वीरबहादुरले त्यहाँ स्थापना गरेको शिलालेखमा उल्लेख छ ।

कुमार खष्ठी तथा सिटी नःखका दिन पनि मन्दिरमा विशेष पूजा तथा जात्रा गरिन्छ । प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको त्यस मन्दिरको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिँदै खटजात्राको परम्परालाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

विसं २०४४ मा मन्दिरलाई व्यवस्थित बनाइएको र विसं २०५५ मा रू ४१ हजारको लागतमा वडाले मन्दिर जीर्णोद्धार गरेको थियो । स्थानीयवासी र वडाको सहयोगमा विसं २०५६ देखि निरन्तर चैतेदशैँका दिन यस किसिमको जात्रा चलाइदै आएको स्थानीय राजबहादुर महर्जनले जानकारी दिनुभयो ।

मन्दिरको दायाँ भीमसेन र बायाँ भगवतीको मूर्ति राखिएको छ भने विभिन्न चाडबाड, पर्वमा यहाँ दर्शनका लागि विशेष भीड लाग्ने गर्छ । सिद्धि गणेश खलःले आयोजना गर्दै आएको उक्त खटजात्रा स्थानीय बजागाजासहित टेकुसीदेखि शुरु भई कीर्तिपुरको आसपास क्षेत्रसम्म परिक्रमा गराई पुनः मन्दिरमा ल्याएर विसर्जन गरेर प्रसाद वितरणसमेत गरिन्छ।

कुमारी क्लबका अध्यक्ष मोहनकुमार बस्नेतले स्थानीय महत्वका जात्रा पर्व तथा सम्पदाको संरक्षणमा आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?