हरित प्रदेश अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
हरित प्रदेश अभियान शुरु

सारांश

  • सप्तरी।
  • प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ ।
  • वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो।

सप्तरी। प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार एकै दिन पाँच हेक्टर जग्गामा दुई हजार २०० बिरुवा रोपेर अभियान शुरु गरिएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रमअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि शुरुआत गरेको ‘हरित प्रदेश अभियान’अन्तर्गत अभियान शुरु गरिएको बताइएको छ। मन्त्रालयले १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ।

सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ।

सरकारको नीति तथा कार्यक्रमअनुसार हरित प्रदेशको कल्पनासहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानालासहित कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए।

अग्नीसाइर कृष्णसवरणमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले महगनीको बिरुवा रोपेर अभियान शुरु गरे। अभियानअन्तर्गत महगनी, साल, सिसौ, टिकजस्ता बिरुवा रोपिएको छ। प्रदेश नं २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा सङ्कट निम्तिदै भावी सन्ततिको जीवनसमेत खतरामा पर्ने जिकिर गर्दै खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षरोपण गर्न मन्त्री साहले आग्रह गरे।

सप्तरी जिल्लामा हाल १६ प्रतिशत मात्र वन क्षेत्र छ । अभियानका क्रममा यसलाई वृद्धि गरी कम्तीमा ४० प्रतिशत पु¥याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्ने तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?