भान्सा महंगियो, पोहोर भन्दा दोब्बर भयो तरकारीको भाउ
सारांश
- काठमाडौं ।
- सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि रोक्न नसक्दा भान्सा महंगो भएको छ ।
- तरकारीको भाउ पोहोर भन्दा दोब्बर भएको छ ।
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि रोक्न नसक्दा भान्सा महंगो भएको छ । तरकारीको भाउ पोहोर भन्दा दोब्बर भएको छ । जथाभावी मूल्यबृद्धि भई तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको हो।
तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ।
निरन्तर पानी परेको कारण तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन कम भएकाले झन बढेको तरकारीको भाउ बढेको व्यापारी बताउँछन्।
भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य एक किलोमा ५० रुपैयाँभन्दा बढी बढेको छ। बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ।
गोलभेंडामात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ । स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ। गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया