चिन्नुस २०१७ का १० धनी खेलाडीलाई !
सारांश
- सन् २०१७ ले हामीबाट विदा लिइरहँदा विश्वका सबैभन्दा धनी खेलाडीको बारेमा पनि चर्चा गरौ ।
- पुराना वर्षहरुमा जस्तै यस वर्ष पनि सबैभन्दा धनी खेलाडीको सुचिमा फुटवल, टेनिस, बास्केटवल तथा रग्बीकै खेलाडीहरुको दबदवा कायम रह्यो ।
- फोब्र्स म्यागेजिनले प्रकाशित गरेको पछिल्लो सूचि अनुशार दशौ नम्वरमा फर्मुला वानका बेलायती खेलाडी लेविस ह्यामिल्टन रहेका छन् ।
सन् २०१७ ले हामीबाट विदा लिइरहँदा विश्वका सबैभन्दा धनी खेलाडीको बारेमा पनि चर्चा गरौ । पुराना वर्षहरुमा जस्तै यस वर्ष पनि सबैभन्दा धनी खेलाडीको सुचिमा फुटवल, टेनिस, बास्केटवल तथा रग्बीकै खेलाडीहरुको दबदवा कायम रह्यो । फोब्र्स म्यागेजिनले प्रकाशित गरेको पछिल्लो सूचि अनुशार दशौ नम्वरमा फर्मुला वानका बेलायती खेलाडी लेविस ह्यामिल्टन रहेका छन् । ४६ मिलियन अमेरिकी डलरका मालिक ह्यामिल्टन तीन पटकका फर्मुला वान विश्व च्याम्पियन पनि हुन् । यो वर्ष ह्यामिल्टन फर्मुलावानको विश्व उपाधीका लागि जर्मन प्रतिद्वन्दी सेवास्टियन भेटलसँग प्रतिस्पर्धा गदैछन् ।
अमेरिकी बास्केटबल खेलाडी जेम्स हार्डेन सन् २०१७ मा धनी खेलाडीको सुचिमा नवौ नम्वरमा परेका छन् । ४६ दशमलब छ मिलियन सम्पति भएका यिनले सन् २०१२ को लण्डन ओलम्पिक्समा अमेरिकाका लागि स्वर्ण पदक जित्न महत्वपूर्ण योगदान दिएका थिए । अमेरिकी बास्केटबलकै स्टेफेन करी ४७ दशमलब तीन मिलियन सम्पतिका साथमा आठौ नम्वरमा रहेका छन् । यिनी बास्केटबलमा हालसम्मकै हाई स्कोरर पनि हुन् ।
यो वर्ष छैटौ स्थानमा बरावर सम्पति भएका दुई खेलाडी देखिएपछि सातौ स्थान भने कसैलाई दिइएको छैन । ५० मिलियन सम्पति भएका बेलायती गल्फर रोरी म्याकइल्रोए र त्यतिनै सम्पति भएका अमेरिकन रग्बीका एन्ड्रयु लक छैटौ स्थानमा अटाएका छन् ।
पाँचौ नम्वरमा भने अमेरिकी बास्केटबलका केभिन डुरान्ट आएका छन् । ६० दशमलब छ मिलियन सम्पतिका मालिक केभिनको अमेरिकी बास्केटवलको लोकप्रियता स्थापनामा ठूलो योगदान रहेको मानिन्छ । स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडरर यो पटक धनी खेलाडीको सूचिमा चौथो नम्वरमा रहेका छन् । ६४ मिलियन अमेरिकी डलर सम्पति भएका फेडररको यसै वर्षको अष्ट्रेलियन ग्राण्डस्लाम अठारौ उपाधी थियो ।
तेश्रो नम्वरमा भने विश्व फुटबलका ‘लिजण्डरी प्ले मेकर’ लियोनेल मेसी परेका छन् । ८० मिलियन सम्पतिका मालिक मेसी क्लब फुटबल भने स्प्यानिस क्लब बार्सिलोनाका लागि खेल्दछन् । मेसी अर्जेन्टिनाका नागरिक हुन् । दोश्रो स्थानमा पुनः अमेरिकी बास्केटबल नै आएको छ । ८६ दशमलब दुई मिलियन सम्पति भएका ३२ वर्षिय लेबर्न जेम्सलाई आधुनिक बास्केटवलको उत्कृष्ट विश्व नमूना मानिन्छ ।
धनी खेलाडीको सूचिमा पहिलो नम्वरमा भने पोर्चुगलका क्रिष्टियानो रोनाल्डो परेका छन् । रियल मड्रिडका क्याप्टेन समेत रहेका यिनको छिटो खेल्ने क्षमतालाई विशेष मानिन्छ । रोनाल्डोको सम्पति सन् २०१७ को अन्त्यमा ९३ मिलियन डलर पुगेको फोब्र्सले जनाएको छ ।
प्रतिक्रिया