एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल

सारांश

  • काठमाडौँ, १८ असोज   नेकपा (मसाल)ले नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ ।
  • मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ ।
  • तर उहाँले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपु¥याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाउनुभएको छ ।

काठमाडौँ, १८ असोज   नेकपा (मसाल)ले नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ । तर उहाँले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपु¥याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाउनुभएको छ ।

मसालले माओवादी केन्द्रले नेपाली काँग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै आएको सन्दर्भमा एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ ।

मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ । मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिँदै आएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Surya Rana

    देस ले खोजेको तेहि हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?